बिर्तामोडमा मकैको खोस्टाको फूल बनाउने तालिम सम्पन्न

Share :
झापा ।  बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा मकैको खोष्टाको फूल बनाउने तालिम सम्पन्न भएको छ । सिद्देश्वर शिवपन्चायन मन्दिर मियावाडीमा नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत  १२ दिने तालिम आईतबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै  नगरप्रमुख पवित्रा महतारा प्रसाईले स्थानिय उत्पादनलाई प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । उहांले नेपालमा भारत, चिन लगायतका मुलुकबाट आयात भएको प्लाष्टिकका फूल भन्दा स्थानीय कच्चा पदार्थ प्रयोग गरि उत्पादन गरीएको सामाग्री प्रयोगमा जोड दिनु भयो । यस्तै उहांले स्थानीय उत्पादनलाई बाहिरका बजारमासमेत बिस्तार गर्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहनु भएकी नगरप्रमुख महताराले  समयलाई खेर नफाली उत्पादनमुखी कार्यमा लाग्न सबैलाई आग्रह गर्नु भयो ।
यस्तै नगरपालिकाका शाखा अधिकृत मेघराज बास्तोलाले तालिममा सिकेको सिप अरुलाई पनि बिस्तार गर्न सहभागीलाई आग्रह गर्नु भयो । प्रमाण पत्र लिएरमात्रै अर्थ नहुने भन्दै उहांले व्यवसायिक बन्नु पर्ने धारणा राख्नु भयो ।
सहभागीहरुलाई निर्मला भण्डारी चौहान, सुमित्रा अधिकारी खतिवडाले प्रशिक्षण दिनुभएको थियो ।
वडा नम्बर ७ की कार्यवहाक वडाअध्यक्ष हेमलता विश्वकर्माको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विवेक मिश्र, वडा नम्बर ७ की न्यायिक समिति सदस्य माया ढकाल लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड नगरपालिकाले ढाकाको कपडा बुन्ने, सिलाई कटाई, धुपकांटी बनाउने, पोते उन्ने, अचार बनाउने, फूल बनाउने लगायत विभिन्न प्रकारका सिपमुलक कार्यक्रमहरु सन्चालन गर्दै आएको गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम संयोजक चनीमाया तामांगले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय