बिर्तामोडमा डिजिटल भुक्तानीका अवसर र चुनौती विषयक अन्तरक्रिया

Share :

बिर्तामोड । झापाको बिर्तामोडमा डिजिटल भुक्तानीका अवसर र चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

झापाको बिर्तामोडमा मुख्य कार्यलय रहेको एक्सेल डेभलपमेन्ट बैंकले बिर्तामोडमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

प्रविधिको बढ्दो प्रयोगसँगै बैंकका कारोबारहरु डिजिटल माध्यममा जाँदा आइपर्ने समास्य र फाइदाका बारेमा अन्तरक्रिया गरिएको एक्सेल बैंकका आइटी विभाग प्रमुख समिर न्यौपानेले जानकारी दिनुभयो ।


बैंकहरु डिजिटल कारोबारमा गइरहेका बेला यसबाट आइपर्ने चुनौती र प्राप्त गर्न सकिने अवसरका बारेमा भएको अन्तरक्रियालाई एफवान सफ्टका व्यापार विकास अधिकृतहरु रस्मिता पाठक र सृष्टि रेग्मीले सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै एक्सेल बैंकका आइटी विभाग प्रमुख समिर न्यौपानेले डिजिटल बैंकिंकका फाइदा र बेफाइदा, प्रकार, सेवाहरु तथा चुनौती र उपायहरुका बारेमा सहजिकरण गर्नुभएको थियो ।

एक्सेल बैंकका ४० वटा शाखाका बजार र ब्यापार सम्बन्धि कर्मचारी, झापा जिल्लाका पालिकाहरुका आइटी अधिकृतहरु र सहकारीका कर्मचारीसँग डिजिटल भुक्तानीका सम्बन्धमा प्रशिणात्मक अन्तरक्रिया भएको हो ।

एक्सेल बैंकका प्रमुख कार्यकारी अधिकृत डा.इन्द्रकुमार कट्टेलको अध्यक्षतामा भएको अन्तरक्रियामा कम्पयुटर एसोसिएसन नेपाल झापाका अध्यक्ष कृष्ण घिमिरे, कनकाई नगरपालिकाका आइटी अधिकृत खगेन्द्र मिश्र लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय