राइजिङ फिटनेस स्टुडियोले मनायो होलि पर्व, तस्बिरहरु

बिर्तामोड । झापाको बिर्तामोडमा संचालनमा रहेको राइजिङ फिटनेस स्टुडियोले होलि उत्सव कार्यक्रम मनाएको छ । विगत ५ बर्षदेखि बिर्तामोडमा संचालनमा रहेको स्टुडियोले आज एक कार्यक्रमको आयोजना गर्दै होलि पर्वको अवसरमा शुभकामना आदन–प्रदान गरेको हो ।


केक काट्दै एक-आपसमा रङ दलेर मनाईएको होलि उत्सवमा फिटनेस स्टुडियोका संचालक र आवद्ध सदस्य तथा प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । राइजिङ फिटनेस स्टुडियो कुनै सामाग्रीको प्रयोग नगरी शारीरिक कसरत गर्ने व्यायामघर हो । फिटनेस स्टुडियोमा महिलाहरु मात्रै सहभागि हुने राइजिङ फिटनेस स्टुडियोकी संचालीका निशा पोमु लिम्बुले जानकारी दिनुभयो ।

दैनिक ३ सिफ्टमा संचालन हुने फिटनेस स्टुडियोमा अहिले ८० जना भन्दा बढी सदस्यहरु शरीरिक कसरतका लागि आउने गरेको उहाँले बताउनुभयो । फिटनेस स्टुडियो बिषेश गरेर विवाहित तथा गृहिणी महिलाहरुकालागि उपयोगि व्यायामघर भएको लिम्बुले बताउनुभयो ।


फिटनेस स्टुडियोमा शारीरिक कसरतका बिभिन्न विधिहरु संगै बिषेश गरेर जुम्बा डान्स संचालन हुने राइजिङ फिटनेस स्टुडियोकी सल्लाहाकार शुभला तामाङले जानकारी दिनुभयो ।

स्टुडियोमा दैनिक आउने सदस्यहरुले स्टुडियो आएर गरिने शारीरिक कसरत बढो उपयोगि भएको प्रतिक्रिया दिनुभएको छ । बिर्तामोड ४ की अनिता ओलि सिलवालले आफु निरन्तर २ बर्षदेखि फिटनेस स्टुडियो आइरहेको बताउनुभयो । उमेरले ५४ बर्ष पुग्नुभएकी उहाँले २ बर्ष अघि फिटनेस स्टुडियो आउदाँ आफ्नो तौल ७७ केजि भएको र अहिले लगातारको फिटनेसले शरिरको तौल घटेर ५४ केजि भएको अनुभव सुनाउनुभयो ।

शारीरिक कसरतका लागि प्रभावकारी भएको भन्दै पछिलो समय बिर्तामोड क्षेत्रका महिलाहरुको राइजिङ फिटनेस स्टुडियोमा आकर्षण बढ्दै गएको छ । राइजिङ फिटनेस स्टुडियोको सदस्य बन्न ५ सय रुपैयाँ सदस्यता शुल्क र प्रशिक्षण लिए वाफत मासिक २ हजार शुल्क लाग्ने बताइएको छ ।

हेुर्नहोस तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
5
+1
0
+1
1
305
सम्बन्धित

लोकप्रिय

लोकप्रिय