सुखानी हत्याकाण्डको ५० वर्ष पूरा, श्रद्धाञ्जली अर्पण गर्दे सभामुख घिमिरे [तस्बिरहरु]

तिलक योञ्जन, अर्जुनधारा । सुखानी हत्याकाण्ड भएको आज ५० वर्ष पूरा भएको छ। आजकै दिन २०२९ सालमा झापा आन्दोलनका पाँचजना अगुवालाई जेल सार्ने नाममा पञ्चायत सरकारले हत्या गरेको थियो। कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दै अघि बढेको झापा विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा झापा आन्दोलनका योद्धाहरुलाई गोली हानी हत्या गरेको थियो । सुखानी सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे आज सुखानी सहिद स्मृती पार्क सालबारी पुग्नुभएको थियो ।


गृह जिल्ला झापामा रहनुभएका सभामुख घिमिरेले सहिदहरुको शालिकमा माल्यार्पण गर्नुभयो । उहाँले सुखानी सहिद स्मृती प्रतिष्ठानले अर्जुनधारा ११ मा रहेको सालबारी पार्कमा निर्माण गरेको सुखानी सहीदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभएको हो ।


त्यसअघि आजै बिहान उहाँले सुखानी सहिदहरुको सहादतस्थल झापा र इलामको सिमा क्षेत्र सुखानी पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो ।

कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउने झापा विद्रोहसँगै ढलेका उनीहरूलाई सरकारले २०७२ फागुन १८ गते शहीद घोषणा गरेको थियो ।

फागुन २१ गते लाई सुखानी सहिदहरुको स्मृती दिवसको रुपमा लिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
250
सम्बन्धित

लोकप्रिय

लोकप्रिय