नेपाल तामाङ विद्यार्थी घेदुङ झापाको चौथो जिल्ला अधिवेसन सम्पन्न, ६ जना बिद्यार्थी पुरस्कृत

Share :

बिर्तामोड । नेपाल तामाङ विद्यार्थी घेदुङ झापाको चौथो जिल्ला अधिवेसन सम्पन्न भएको छ । नेपाल तामाङ विद्यार्थी घेदुङ झापाकी अध्यक्ष प्रकृति घिसिङ तामाङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष कञ्चना रुम्वा तामाङले स्वागत गर्नुभएको थियो ।


चौथो जिल्ला अधिवेसनको अवसर पारेर २०७८ सालको एसईईमा तामाङ समुदायबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु दिपा मोक्तान, सुवास तामाङ,कृति गोले, निमकुमार तामाङ, एलिना तामाङ र डोमा तामाङलाई नगदसहित सम्मान तथा पुरस्कृत गरिएको थियो । नेपाल तामाङ विद्यार्थी घेदुङ झापाले प्रत्येक बर्ष परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरु छनोट गरेर पुरस्कृत गर्ने गरेको छ ।


त्यस्तै नेपाल आइडल सिजन–४ का उपविजेता नाम्गेल तामाङलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा आफ्नो कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल तामाङ विद्यार्थी घेदुङ झापाकी अध्यक्ष प्रकृति तामाङले नेपाल तामाङ विद्यार्थी घेदुङका संघीय सचिव हैकम घिसिङ र विद्यार्थी नेता रोशन लामालाई मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।

निर्वतमान अध्यक्ष प्रकृति घिसिङ तामाङ

कार्यक्रममा बिशिष्ट अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देन तामाङ, नेपाल तामाङ विद्यार्थी घेदुङका संघीय सचिव हैकम घिसिङ, नेपाल तामाङ घेदुङ झापा अध्यक्ष काजीमान घिसिङ, भद्रपुर नगर अध्यक्ष बशन्त मोक्तान, बुद्धशान्ती अध्यक्ष मिनबहादुर थिङ, बिद्यार्थी नेता रोशन लामालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अध्यक्षमा कन्चन रुम्बा तामाङ निर्वाचित 

नवनिर्वाचित अध्यक्ष कन्चन रुम्बा तामाङ

चौथो जिल्ला अधिवेशनबाट नेपाल तामाङ विद्यार्थी घेदुङ झापाको १९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । विद्यार्थी घेदुङ झापाको अध्यक्षमा कन्चन रुम्बा तामाङ निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा विशाल थिङ तामाङ र पुनम लो तामाङ, सचिवमा निरोज ग्लान तामाङ, सह–सचिवमा रिसभ घिसिङ, हिमा डोल्मा लामाखोर र डिगजेन गोम्देन निर्वाचित हुनुभएको छ ।

त्यस्तै कोषाध्यक्षमा कल्पना मोक्तान निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा दावा तामाङ, कृशला तामाङ, सागर गोले, अन्चल तामाङ, पवित्रा तामाङ, मनिसा तामाङ, दिलिसा तामाङ, असिम थिङ, निमा छिरिङ गोम्देन, सुस्मा तामाङ र नाम्गेल तामाङ निर्वाचित हुनुभएको नेपाल तामाङ विद्यार्थी घेदुङका केन्द्रीय सचिव तथा निर्वाचन समिति सदस्य हैकम घिसिङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
6
+1
0
+1
5
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय