बिर्तामोड नगर अस्पतालले फागुन २० देखि नयाँ भवनबाट सेवा सुरु गर्ने

Share :

बिर्तामोड । बिर्तामोड नगर अस्पतालको उद्घाटन फागुन २० गते हुने भएको छ । सभामुख देवराज घिमिरले अस्पताल उद्घाटन गर्ने जनाइएको छ । बिर्तामोड नगरपालिकाले आज पत्रकार सम्मेलन गरी फागुन २० गते सभामुख घिमिरेले नगर अस्पताल उद्घाटन गर्ने जनाएको हो ।

उद्घाटनसँगै नगर अस्पतालले नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु गर्ने मेयर पवित्रा महतारा प्रसाईले बताउनुभयो । उपकरणको उपलब्धता र जनशक्ति व्यवस्थापन लगायतका विषयमा नगरले ध्यान दिने र सेवा उपलब्ध गराउने नगर प्रमुख प्रसाईले बताउनुभयो । मेयर प्रसाईले नगरवासीलाई गुणस्तरीय सेवा दिने गरी नगर अस्पतालको सेवा प्रारम्भ हुन लागेको बताउनुभयो ।

धुलिखेल निर्माण सेवा प्रालिले पाँच करोड ५० लाख ७ हजार ७६० रुपैयाँको लागतमा अस्पताल भवनको निर्माण कार्य पूरा गरेको हो ।


१५ वेड क्षमताको अस्पतालको निर्माण कार्य सकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताउनुभयो । उहाँले सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन नियमित अनुगमन गरिने बताउनुभयो ।

स्वास्थ्य बीमा पूर्णरुपमा लागू गरिएको अस्पतालमा डा. सुनिल अधिकारीको नेतृत्वमा ३६ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । नगर अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सञ्चालनको तयारी छ ।

नगर अस्पतालमा डायलोसिस सेवा पनि सुरु गर्ने तयारी छ । यसअघि मिर्गाैला रोगीको सुविधालाई ध्यानमा राखेर रोटरी क्लबको सहयोगमा ६ थान मेसिन समेत नगर अस्पताललाई प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय