युथ अफ खुदुनाबारीद्वारा बृहत सांस्कृतिक कार्यक्रमको आय–व्यय सार्वजनिक

Share :

अर्जुनधारा । युथ अफ खुदुनाबारी संस्थाले गत कार्तिक महिनामा अनाथ असाहय बालबालिकाको सहयोगार्थ आयोजना गरेको बृहत खुदुनाबारी सांस्कृतिक कार्यक्रमको आय–व्यय बिवरण सार्वजनिक गरेको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यलयमा आयोजित एक कार्यक्रमकाबिच गत कार्तिक महिनाको ६ गते खुदुनाबारीमा सम्पन्न भएको कार्यक्रमको आय–व्यय बिवरण सार्वजनिक गरिएको हो । ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले आय–व्यय बिवरण प्रस्तुत गर्नुभएको थियो।

उहाँले प्रस्तुत गर्नुभएको विवरणमा कार्यक्रम संचालनकालागि संकलन गरिएको जम्मा आम्दानी रकम ४ लाख ९६ हजार ४ सय ६ रुपैयाँ रहेको उल्लेख छ । जस्मा अर्जुनधारा नगरपालिकाद्वारा ७१ हजार ४ सय ३ रुपैयाँ, अर्जुनधारा नगरपालिका वडा नम्बर ३ द्वारा ३० हजार, अर्जुनधारा नगरपालिका वडा नम्बर ८ द्वारा १० हजार रकम प्राप्त भएको उल्लेख छ । त्यस्तै जुकेखाडी सामुदायीक वनबाट २० हजार र अन्य रकम देश–विदेशमा रहनुभएका बिभिन्न व्यक्ति तथा संघसंस्थाबाट प्राप्त भएको बिवरणमा उल्लेख गरिएको छ ।


त्यस्तै विभिन्न शिर्षकमा गरेर कार्यक्रमको जम्मा खर्च ३ लाख ४७ हजार १ सय ७० रुपैयाँ भएको प्रस्तुत बिवरणमा उल्लेख गरिएको छ । कार्यक्रम सम्पन्न गरेर जम्मा बचत १ लाख ४९ हजार २ सय ३६ रुपैयाँ रहेको आय–व्यय बिवरणमा उल्लेख छ ।

अर्जुनधारा नगरपालिकाको ११ वटै वडाको कला संस्कृतीको प्रर्वद्धन र अनाथ असाहय बालाबलिकाको सहयोगार्थ कार्यक्रम संचालन गरिएकाले बचत भएको रकमबाट उदेश्य अनुरुपको कार्यहरु गरिने युथ अफ खुदुनाबारीका अध्यक्ष सिटौलाले जानकारी दिनुभयो । उहाँले सोही उदेश्य अनुरुप अर्जुनधारा ६ मा रहेको अपांग बाल शिक्षा सरोकार केन्द्रलाई व्हील चियर, शैक्षिक सामाग्री तथा खाद्यान्य लगायतका सामाग्री बितरण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा अस्थायी प्रहरी चौकी खुदुनाबारीका साहायक हबलदार श्याम कुमार मगरलाई संस्थाको तर्फबाट सम्मान गरिएको थियो । समाजमा शान्ति सुरक्षा कायम गर्न पुर्याउनु भएको योग्दानको कदर स्वरुप उहाँलाई सम्मान गरिएको संस्थाका सचिव आनन्द देव कट्टेलले जानकाररी दिनुभयो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रा तामाङ, वडासदस्य नारायण चापागाई, वडासदस्य सिता बयलकोटी, संस्थाका सल्लाहाकार दिपक दुलाल, संस्थापक सचिव याम बास्कोटा, अस्थायी प्रहरी चौकी खुदुनाबारीका प्रमुख याम भट्टराई, कैदले खानेपानीका अध्यक्ष ढुण्डीराज गौतम, सामाजिक व्यत्तित्व दिव्य कट्टेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष मदन गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय