यू–१८ वडास्तरिय फुटबल प्रतियोगिताको आय–व्यय बिवरण सार्वजनिक

Share :

अर्जुनधारा । शनिश्चरे फुटबल क्लबको आयोजनामा माघ अन्तिम साता सम्पन्न भएको प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिताको आय–व्यय बिवरण सार्वजनिक गरिएको छ । शनिश्चरे बाजरस्थीत फुटबल क्लबको कार्यालयमा एक कार्यक्रमकाबिच प्रतियोगिताको आय–व्यय बिवरण सार्वजनिक गरिएको हो ।

प्रतियोगिता आयोजक समितिका संयोजक सुरेन राईको अध्यक्षता र अर्जुनधारा–७ नम्बर वडाका वडाध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतियोगिता संचालन समितिका कोषाध्यक्ष हरि गुरुङले आय–व्यय बिवरण सार्वजनिक गर्नुभएको थियो ।

उहाँले प्रस्तुत गरेको विवरणमा प्रतियोगिताको जम्मा आम्दानी ४ लाख ४२ हजार ३ सय ८१ रुपैयाँ उल्लेख छ । जस्मा अर्जुनधारा नगरपालिकाद्वारा ५० हजार, अर्जुनधारा नगरपालिका वडा नम्बर ८ द्वारा ५० हजार, अर्जुनधारा नगरपालिका वडा नम्बर ७ द्वारा २५ हजार, टिम दर्ता शुल्क वापत ४५ हजार र विभिन्न दाताहरुबाट २ लाख ७२ हजार ३ सय ८१ रुपैयाँ प्राप्त भएको उल्लेख गरिएको छ ।


त्यस्तै विभिन्न शिर्षकमा गरेर प्रतियोगिताको जम्मा खर्च ३ लाख ७ हजार ३ सय रुपैयाँ भएको उल्लेख गरिएको छ । प्रतियोगिता सम्पन्न गरेर जम्मा बचत १ लाख ३५ हजार ८१ रुपैयाँ रहेको बिवरणमा उल्लेख छ ।

बचत रकममध्ये ५० हजार रुपैयाँ फुटबल खेलको प्रबद्र्धन र खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थापना गरिने अक्षयकोषकालागि विनियोजन गरिएको प्रतियोगिताका संयोजक सुरेन राईले जानकारी दिनुभयो । उहाँका अनुसार शनिश्चरे फुटबल क्लबले आगामी चैत १ गतेदेखि अर्जुनधारा खेल मैदानमा फुटबल प्रशिक्षण सुरु गर्ने छ । अर्जुनधारा–७स्थित खेल मैदानमा सञ्चालन हुने प्रशिक्षणमा अर्जुनधाराका ११ वटै वडाबाट छनोटमा परेका जम्मा ५४ जना खेलाडी मध्येबाट १५ जना छनोट गरि तीन महिनासम्म निःशुल्क तालिम प्रदान गरिने बताइएको छ । तालिमलाई प्रशिक्षक पुष्प मादेन लिम्बले प्रशिक्षण प्रदान गर्नुहुने छ ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष खडिवडाले खेलक्षेत्रको विकासकालागि आगामि दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खेलाडी उत्पादनलाई प्राथमिकता दिएर तालिम संचालनलाई निरन्तरता दिन सुझाव दिनुभयो । कार्यक्रममा वडाध्यक्ष खडिवडाले अक्षयकोषको लागि पाँच हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय