भीजी सुजुकीको स्कुटर खरिदमा १५ हजार उपहार

Share :

झापा । गतफागुन ५ गतेबाट बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिकमहोत्सव’मा अटोमोवाइल्सका १३ स्टल राखिएका छन् । जसमा केही स्टलले विद्युतीय सवारीका साधन समेत राखेका छन् । महोत्सव स्थलमाआएका अबलोकनकर्तालाई मध्यनजर गर्दै अटोमोवाइल्स बिक्रेताले विभिन्नउपहार योजनाल्याएसंगै उपभोक्ताको आकर्षस समेत बढेको छ ।

अटोमोवाइल्सको पहिलो स्टलमा राखिएको भीजी सुजुकीको आधिकारिक बिक्रेता जगुरमुखी ट्रेड लिङ्कले स्कुटर खरिदकर्ताकालागि १५ छुट योजनाप्रदान गरेसंगै महोत्सवस्थलबाटै स्कूटर बिक्रीभएको छ । कनकाई ७का किशोर श्रेष्ठले जगुरमुखी ट्रेड लिङ्कको उपहार योजना मन पराएर स्कुटर खरिद गरेको जगुरमुखी ट्रेड लिङ्कका कर्मचारी लय मैनालीले जानकारी दिनुभयो । स्कूटर खरिदकर्ता श्रेष्ठलाई बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले चावी हस्तान्तरण गर्नु भएको थियो ।

महोत्सव अवलोकनकालागि आउनु भएका श्रेष्ठ जगुरमुखी ट्रेड लिङ्कको उपहार योजनामा निक्कै खुशी देखिनुभयो । त्यसो त अन्य अटोमोवाइल्स बिक्रेताले समेत विभिन्न उपहार योजना ल्याएका छन् । उनीहरुले राखेका स्टलबाट समेत विभिन्न सवारी धमाधम बिक्री भइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय