महाशिवरात्रिको रात अर्जुनधारा जलेश्वर धाममा जे देखियो [फोटो फिचर]

Share :

झापा । हिन्दुहरुको प्रमुख मध्येको एक चाड महाशिवरात्रि अथवा शिवरात्री पनि हो । विशेषगरी यो भगवानशिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।


यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । महाशिवरात्रिका रात पूर्वको पशुपतिनाथको रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा देखिएको दृश्यहरुलाई हामीले कैद गरेका छौ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
3
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय