बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु [फोटो फिचर]

बिर्तामोड । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । दुई सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नुभयो । महोत्सवमा नेपाल सहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टलहरु रहेका छन् । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा सभामुख देवराज घिमिर, उपसभामुख इन्दिरा राना मगर, प्रदेश नम्वर १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला, सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा नेपाल वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, संविधानसभा सदस्य मनकुमार गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकाल, कमला श्रेष्ठ, नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउमान थेवे, नेकपा एमालेका नेता छविलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

महोत्सवका विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाधयक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुन कुमार मैनाली र सञ्चारकर्मीद्वय केशव भट्टराई तथा लीला अनमोलले गर्नु भएको थियो ।

यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघले सभामुख घिमिरे र उपसभामुख रानालाई सम्मान गरेको छ । सम्मानित सभामुख र उपसभामुखको सम्मान पत्र संघका सचिव कुशल खतिवडाले वाचन गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
345
सम्बन्धित

लोकप्रिय

लोकप्रिय