खुदुनाबारीका ३० परिवारलाई खाद्यान्न र ब्लाङ्केट बितरण

Share :

अर्जुनधारा । युथ अफ खुदुनाबारी संस्थाको संयोजनमा ३० घर परिवारलाई खाद्यान्न तथा न्यानो कपडा (ब्लाङ्केट) बितरण गरिएको छ । अमेरिका निवासी सान धिमाल र माया धिमालले प्रदान गर्नुभएको आर्थिक सहयोगबाट उक्त सामाग्री हस्तान्तरण गरिएको युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले जानकारी दिनुभयो । धिमाल दम्पतीले छोरा सिभम धिमालको पहिलो बर्षको जन्मदिनको अवसर पारेर सहयोग प्रदान गरिएको बताइएको छ ।

अर्जुनधारा नगरपालिकाको २ र ३ नम्बर वडा (साबिक खुदुनाबारी गा.वि.स.को ४,५,६,७,८,९ नम्बर वडा) का अति विपन्न परिवार छनोट गरि ८० हजार नगद बराबरको सामाग्री प्रदान गरिएको सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति घर २५ केजी चामल, १ केजि दाल, १ लिटर खाने तेल र १ थान ब्लाङ्केट बितरण गरिएको हो ।

अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रा तामाङको प्रमुख आतिथ्यतामा भएको सामाग्री बितरण कार्यक्रममा समाजसेवी  ढुण्डीराज गौतम, जुकेखाडी सामुदायिक बनका पर्यपर्यटन उपाध्यक्ष दिपक दुलाल, सर्वेस्वर मन्दिर समिति अध्यक्ष युवराज चापागाई र दाता परिवारको तर्फबाट भोला कोइरालाले मन्तव्य राख्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय