बाहुण्डाँगीमा नेपालकै पहिलो तरुल उत्सव (फोटो फिचर)

मेचीनगर । झापाको बाहुण्डाँगीमा तरुल उत्सव संचालन भएको छ । नेपालमानै पहिलो पटक तरुल उत्सव संचालन भएको आयोजकले जनाएको छ । उत्सवलाई मेचीनगर नगरपालिकाको ४ नम्बर वडा कार्यालयले आयोजना गरेको हो ।


हेपीएको पौष्टीक आहारको रुपमा रहेको तरुलको खाद्य महत्व दर्शाउन र जंग फुडको अन्त्य गर्दै अर्गानिक खाद्यपदार्थको प्रयोग बढाउने उदेश्यकासाथ उत्सव संचालन भएको आयोजक समितिका अध्यक्ष मेचीनगर नगरपालिका ४ नम्बर वडाका वडाअध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो ।


तरुल हात्तीले नखाने बाली भएको र झापाको बाहुण्डाँगी क्षेत्र हात्ती प्रभावीत क्षेत्र रहेकाले पनि तरुलको व्यवसायी खेतीको सम्भावना बलियो बनाउन समेत उत्सवले सहयोग पुग्ने कार्कीले बताउनु भयो ।

हात्तीको प्रभावलाई समेत मध्यनजर गर्दै सरोकारवालाहरुलाई ध्यानकर्षण गराउने र अन्तराष्ट्रियकरण गर्दै हात्तीको समस्यालाई हल गर्ने उदेश्य रहेको उहाँले जानकारी दिनुभयो ।

तरुल महोत्सवमा बिभिन्न जातका नेपाल र भारतमा उत्पादन भएका तरुलसंगै, धनकुटाको एभोकाडो, चौरीको छुर्पी, किवीलगायतका स्थानीय स्तरमा उत्पादन हुने खाद्यपदार्थहरु तथा बिभिन्न सामाग्रीको स्टल राखिएको थियो ।

उत्सव संचालनका लागि मेचीनगरपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, महेन्द्रद्वार सहकारी संस्था काँकरभिट्टा र कृषी ज्ञान केन्द्र भद्रपुरले सहयोग गरेको छ ।

स्वास्थ्य जिवनको आधार मौलिक तथा जैविक आहारविहार भन्ने नाराकोसाथ बाहुण्डाँगी बजारमा संचालन भएको तरुल उत्सवको कार्यक्रमका प्रमुख अतिथि झापा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले उदघाटन गर्नुभएको थियो ।

तरुल उत्सवलाई प्रदेश सांसद गोपाल तामाङ, इलामको रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङ, झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पर्यटन कर्मचारी तथा व्यवसायी लगायत अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरुले अवलोकन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
3
+1
0
+1
0
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय