ए डिभिजन लिग फागुन १९ गतेबाट गर्ने एन्फको निणर्य

Share :

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न आठ निर्णय गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको आपतकालीन बैठकले विभिन्न ८ निर्णय गरेको हो ।


बैठकले पहिलो निर्णयको रुपमा फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ।


बैठकले अखिल भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार नेपाली राष्ट्रिय महिला टोलीलाई यहि फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै सहिद स्मारक ए डिभिजन लिग २०७९ फागुन १९ र सहिद स्मारक बी डिभिजन लिग २०७९ चैत्र १५ बाट सुरु गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय