झापाका क्रसर व्यवसायी आन्दोलित, सबै उद्योग बन्द गर्ने निर्णय

Share :

झापा । झापाका क्रसर उद्योगी तथा व्यवसायी आन्दोलित भएका छन् । नेपाल सरकार गृह मन्त्रालयले गत पुस २० गते सार्वजनिक सूचना जारी गर्दै अबैधानिक क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनसंगै झापामा रहेका क्रसर उद्योगी तथा व्यवसायीहरु आन्दोलित भएका हुन् ।

२०७१ सालअघि मापदण्ड पुर्याउन आफूहरुले उद्योग दर्ता गरेपनि सरकारले नयाँ मापदण्ड बनाएर व्यवसायीमाथि अंकुस लगाउने काम गरेपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको झापा क्रसर उद्योग व्यवसायी संघका केन्द्रीय सल्लाहकार शेरवहादुर थापाले बताउनुभयो । उहाँले पुस २८ गतेबाट झापाका सबै क्रसर उद्योग बन्द गर्ने निर्णय भएको बताउनु भएको छ ।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले आफ्नो निर्णय सच्याएर अघि नबढेसम्म कुनै पनि क्रसर उद्योग तथा बालुवा प्रशोधन कारखाना सञ्चालन नगरिने बताउनुभयो ।


‘पुरानो मपदण्ड अनुसार २०७१ सााल अघि दर्ता हुँदै सञ्चालनमा रहेका उद्योग सञ्चालनमा सरकारले कुनै रोक नलगाउने सहमति भएपनि अहिले नयाँँ नियम ल्याएर गृह मन्त्रालयले व्यवसाय नै बन्द गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय