सिस्ने सहकारीको ११ औं बार्षीक साधारणसभा : अध्यक्षमा पुनः बुद्धिसागर ढुङ्गेल चयन

Share :

अर्जुनधारा । सिस्ने सहकारी संस्था लिमिटेडको ११ औं बार्षीक साधारणसभा शनिबार सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको १ नम्बर वडामा मुख्य कार्यालय रहेको संस्थाको साधारणसभाको उदघाटन कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धिसागर ढुङ्गेलले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा पेश भएको प्रतिवेदनमा संस्थाको शेयु पँजि ७० लाख ८६ हजार ५ सय ३० रुपैयाँ, सदस्यहरुको बचत ३२ लाख २ हजार ९ सय ६४, कर्जा लगानी, ४१ लाख ३९ हजार ५ सय, जगेडा तथा अन्य कोषमा ४ लाख ६५ हजार १ सय ९१ र खुद नाफा १७ हजार ९ सय ४७ रहेको उल्लेख गरिएको छ । हाल संस्थामा ५ सय १८ जना शेयर सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ।


साधारणसभाको अवसरमा संस्थाले असल ऋणी रुद्र देवि खनाल, उत्कृष्ट मासिक बचत कर्ता तारानिधी सुवेदी र उत्कृष्ट दैनिक बचत कर्ता प्रेम कुमार लिम्बुलाई सम्मान गरेको छ । त्यस्तै कार्यक्रममा शेयर सदस्यहरुका सन्तान १० जनालाई स्टेशनरी सामाग्री प्रदान गरिएको सहकारीका व्यवस्थापक डि.वी. दर्नालले जानकारी दिनुभयो ।

अध्यक्षमा पुनः बुद्धिसागर ढुङ्गेल चयन

साधारणसभाबाट सहकारीले नयाँ कार्यसमिति समेत चयन गरेको छ । सहकारीको अध्यक्षमा पुनः बुद्धिसागर ढुङ्गेल सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा राम बहादुर खड्गा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा अम्बर बहादुर राई, हरी प्रसाद नेपाल, तुलसा पोख्रेल, रामबहादुर कार्की, नरेन्द्र प्रसाद आचार्य, वेनु कुमार राई र गंगा देवी प्रधान चयन हुनुभएको सहकारीका व्यवस्थापक डि.वी. दर्नालले जानकारी दिनुभयो । त्यस्तै लेखा सुमिति संयोजकमा सुवास चन्द्र मिश्र र सदस्यमा तिवेन्द्र काफ्ले चयन हुनुभएको छ ।

संस्थाको सल्लाहाकारहरुमा रामबहादुर निरौला, हेम लम्साल, बिर बहादुर राई, मदन कुमार लिमेल र खोमा गौतम चयन हुनुभएको व्यवस्थापक दर्नालले जानकारी दिनुभयो । त्यस्तै संस्थाको ऋण संयोजकमा वेनु कुमार राई र सदस्यमा डम्बर प्रसाई चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय