सृजना सा.व. गोल्डकप : आयोजक क्वाटरफाइनल प्रवेश

Share :

रोङ । इलामको रोङमा आजबाट सुरु भएको सृजना सामुदायीक वन गोल्डकपमा आयोजक टिम म्वाटरफाइनलमा प्रवेश गरेको छ । उदघाटन खेलमा टाइब्रेकरमा महमाई फुटबल क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा आयोजक क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको हो ।

निर्धारीत ६० मिनेटको समयमा दुवै टिमले एक–एक गोल स्कोर गरेपछि बराबर भएको खेल टाइब्रेकरमा धकेलीएको थियो । खेलमा पहिलो हाफसम्म दुवै टिमले गोल गर्न सकेका थिएन ।

दोस्रो हाफको ४१ औं मिनेटमा महमाईका डिल्लीहाङ लिम्बुले पहिलो गोल गरेका थिए । त्यसको जवाफमा आयोजकका विजय लिम्बुले ५१ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा सकिएको थियो ।


टाइब्रेकरमा गोल गर्नु चुकेपछि पाहुना टोलि महमाई भने पराजित हुँदै घर फर्किएको छ ।  आजको खेलमा उत्कृट खेल प्रर्दशन गर्ने आयोजक टिमका गोल रक्षक उज्जल तामाङले ‘म्यान अफ दि म्याच’ पुरस्कार पाए ।

रोङ २ बदमटार स्थीत शशी माध्यमिक बिद्यालयको खेल मैदानमा संचालन भइरहेको गोल्डकमा झापा र इलामका बिभिन्न १६ वटा फुटबल क्लबले सहभागिता रहने छ । गोल्डकपलाई सृजना सामुदायीक वन उपभोक्ता समुहले आयोजना गरेको हो ।

गोल्डकपको विजेताले नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छ । भने उपविजेताले नगद ३० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छ ।

गोल्डकपको दोस्रो खेलमा भोलि हात्तीकिल्ला फुटबल क्लब झापा र कुटीडाँडा फुटबल क्लब इलामबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
0
+1
1
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय