शान्ति सामुदायीक वनको २४ औं बार्षीक साधारणसभा सम्पन्न

Share :

अर्जुनधारा । श्री शान्ति सामुदायीक वन उपभोक्ता समूहको २४ औं बार्षीक साधारणसभा सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको २ नम्बर वडामा रहेको वन उपभोक्ता समूहले सोमबार २४ औं बार्षीक साधारणसभा सम्पन्न गरेको हो । सभामा समुहका अध्यक्ष तुलसी खतिवडाले संस्थाको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै खतिवडाले एक बर्षको अवधिमा संस्थाले गरेका कामहरुको जानकारी गराउनुभएको थियो ।

उपभोक्ताहरुलाई निशुल्क बिरुवा बितरण, सिलिन्डर ग्यास बितरण, सहुलियत दरमा काठ बितरण, बिपन्न वर्गका उपभोक्तालाई निशुल्क काठ बितरण, कार्यालय परिसरमा भौतिक पूर्वधारको विकास लगायतका कार्यहरु भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गरिबि निबारण, शिक्षा, खानेपानि, सडक, कृषी लगायत बिभिन्न संघसंस्थाहरुमा सहयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै समुहले वन संरक्षण तथा विकास, गरिबि न्युनिकरण, चुरे तथा नदि नियन्त्रण, युवा तथा महिला शसक्तिकरण, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा काम गर्ने आगामी कार्य योजनाको अघि सारेको छ ।


साधारणसभामा लेखा समितिका सयोजक रुपनारायण समालले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा प्रतिवेदनमा संस्थाको बर्षीक आम्दानी ८९ लाख ९ हजार २ सय १ रुपैयाँ रहेको खुलाइएको छ । कार्यक्रममा १२ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधरणसभामा प्रमुख अतिथि पराजुली सहित अर्जुनधारा २ नम्बर वडाका अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ, कनकाई सव डिभिजन वन कार्यालयका साहायक अधिकृत सुरेश खनाल, सामुदायीक वन नगर सहासंघ अर्जुनधाराका अध्यक्ष दिव्य कट््टेल, रेडक्रस खुदुनाबारी उपशाखाका सभापति मुकुन्द भण्डारी, बेल्टार खानेपानीका अध्यक्ष योगेन्द्र आचार्य, नेकपा एमालेका वडा अध्यक्ष ज्ञानु खनाल, नेपाली कांग्रेसका वडासभापति रमेश फुयाल लगायतले शुझाव तथा प्रतिक्रिया सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन सहसचिव प्रेम उपरकोटीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय