राजमार्गमा फोहोर फालीरहेको अवस्थामा विर्तामोड नगरप्रहरीद्वारा कार पक्राउ

Share :

झापा । बिर्तामोड नगरप्रहरीले राजमार्ग छेउमा फोहोर फाल्दै गरेको अवस्थामा कार पक्राउ गरेको छ । आज साँझ बिर्तामोडको बसपार्क पस्ने स्थान नजिकै पुर्वपश्चिम राजमार्गको छेउमा फोहोर फाल्दै गरेको अवस्थामा एउटा कार पक्राउ परेको हो ।

घर तथा पसलबाट निस्किएको फोहोर बोरामा प्याक गरेर चालक सुजन कुमालले सडक छेउमा फाल्दै गर्दा बा ५ च ६६८६ नम्बरको मारुती सुजुकी कार पक्राउ गरीएको नगरप्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिनुभयो । पक्राउ गरिएको कार नगरपालिकाको कार्यालयमा राखिएको छ ।

बिर्तामोड नगरपालिकाले सडक किनारमा जथाभावीरुपमा फोहोर फाल्नेलाई पक्राउ गरि कानून अनुसार जरिवाना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय