बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इञ्चार्ज देवराज घिमिरेले झापाका जनता नेकपा एमालेको पक्षमा रहेको बताउनु भएको छ ।
झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार समेत रहनु भएका घिमिरेले जतिसुकै चुनौति खडा भएपनि झापाका सबै क्षेत्रका जनता सूर्य चिन्हको पक्षमा रहेकोले नेकपा एमालेको विजय सुनिश्चित रहेको बताउनु भयो ।
चुनावी अभियानका क्रममा कार्यकर्ता तथा मतदातासमक्ष भेटघाट गर्दै आउनु भएका उम्मेदवार घिमिरेले एमालेको विरुद्वमा देशीविदेशी शक्तिहरु लागेको भएपनि यसले कुनै असर नगर्ने बताउनु भयो।
सम्भव भएसम्म सबै दलहरु गठबन्धनमा रहेको, स्वतन्त्रताका नाममा जनतालाई विभिन्न भ्रम सृजना गर्दै उम्मेद्वार खडा गरिएको भएपनि जनताले यसलाई मंसीर ४ गते चिर्ने घिमिरेले बताउनु भयो । राष्ट्र बनाउन, जनताको जीवनलाई उन्नत बनाउन, न्यायपुर्ण समाज निर्माण गर्न, प्रशासनलाई स्वस्थ र पारदर्शी बनाउन, बेरोजगारी अन्त्य गर्न, राष्ट्रिय उत्पादकत्व वृद्वी गर्नका लागि नेकपा एमालेको स्थिर सरकार आवश्यक रहेको उहाँको भनाई छ ।
इमान्दार, कर्तव्यनिष्ठ, सक्षम र अव्वल नेताको रुपमा पहिचान बनाउनु भएका उम्मेदवार घिमिरेको जीत सुनिश्चित रहेको क्षेत्र नम्बर २का मतदाताहरु बताउँछन् । नेकपा एमाले पार्टी परित्याग गरि गठवन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नु भएका हरिकुमार राना घिमिरेको प्रतिस्पर्धी हुन् । राना घिमिरे भन्दा कमजोर उम्मेदवारका रुपमा देखिएका छन् ।