तेस्रो खुदुनाबारी गोल्डकप : धनकुटा सेमिफाइनलमा प्रवेश

Share :

अर्जुनधारा । धनकुटा महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज (बुधबार) सुनसरी जिल्ला फुटबल संघलाई ४–० गोल अन्तरले पराजित गर्दै धनकुटाले आफुलाई अन्तिम चारमा सुरक्षीत गरेको हो ।

धनकुटालाई सहजै जित दिलाउन खेल सुरु भएको ४ मिनटमा अन्जना थुलुङ राईले पहिलो गोल गरिन् । त्यसपछि धनकुटाका लागि अन्जनाले नै खेलको १६ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । धनकुटाका लागि पहिलो हाफको २१ औं मिनेटमा रजिना मगरले तेस्रो गोल गरिन् । त्यस्तै टिमलाई ४–० गोलको अग्रता दिलाउन धनकुटाका लागि २५ औं मिनेटमा सन्ध्या रम्तेलले चौंथो गोल गरिन् ।


धनकुटा महिला फुटबल क्लब

६० मिनेटको निर्धारीत समयमा पहिलो हाफमा ४ गोल गरेको धनकुटा महिला फुटबल क्लले दोस्रो हाफमा भने गोल थप्न सकेन । दोस्रो हाफमा सुधारीएको प्रदर्शन गरेको सुनसरी जिल्ला फुटबल संघले रक्षात्मक खेल खेलेपनि गोल भने फर्काउनन सकेन ।

सुनसरी जिल्ला फुटबल संघ

आजको खेलमा टिमको लागि २ गोल गर्ने धनकुटाकी अन्जना थुलुङ राई उत्कृष्ट खेलाडी घोषित भईन् । उनले ट्रफि सहित नगद १ हजार हात पारिन् । गोल्डकपको पहिलो सेमिफाइनलमा भोलि (बिहिबार) आयोजक जुनतारा महिला फुटबल क्लब अर्जुनधारा र गाईघाट फुटबल क्लब उदयपुर बिच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । खुदुनाबारी गोल्डकपको चौथो खेलमा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता केशव कुमार बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।

खुदुनाबारी गोल्डकपलाई अर्जुनधारा ३ को च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको हो । अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय प्रर्वधक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय