खुदुनाबारी गोल्डकप आजदेखी सुरु, उद्घाटन खेलमा झापाको सिवाइसी जुनतारा र इलामको जनता सेवेन भिड्दै

Share :

अर्जुनधारा । तेस्रो खुदुनाबारी गोल्डकप आजदेखि सुरु हुँदै छ । प्रदेश १ स्तरीय खुल्ला महिला फुटबल प्रतियोगिताको पहिलो तथा उद्घाटन खेलमा आयोजक सिवाईसि जुनतारा महिला फुटबल क्लब र जनता सेवेन फुटबल क्लब इलामले प्रतिस्पर्धा गर्ने छन् ।

झापाको अर्जुनधारा ३ स्थित प्रस्तावीत प्राकृतीक रंगशालामा हुने खेलमा छिमेकी जिल्ला झापा र इलामका दुई टिम भिड्ने भएका हुन् । खेल दिउँसो २։३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।


खुदुनाबारी गोल्डकपलाई अर्जुनधारा ३ को च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको हो । गोल्डकपको सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ ।


प्रतियोगिता उद्घाटनकालागि सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ ।

गोल्डकपको दोस्रो खेलमा भोलि असोज १० गते पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङ र रोयल कलब दमक झापाबिच प्रतिस्पर्धा हुने छ । तेस्रो खेलमा ११ गते गाईघाट फुटबल क्लब उदयपुर र ताप्लेजुङ जिल्ल फुटबलसंघ ताप्लेजुङबिच प्रतिस्पर्धा हुने छ । क्वाटरफाइनलको अन्तिम खेलमा १२ गते धनकुटा महिला फुटबल क्बल धनकुटा र सुनसरी जिल्ला फुटबल संघ सुनसरीले प्रतिस्पर्धा गर्ने छ ।

क्वाटरफाइनलका विजेताबिच १३ र १४ गते सेमिफाइनलका खेलहरु हुनेछ । गोल्डकपको फाइनल खेल १६ गते आईतबार हुने छ । गोल्डकपमा प्रदेश १ का विभिन्न जिल्लाका ८ वटा महिला फुटबल टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ । प्रतियोगितामा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, हाइ स्कोरर र म्यान अफ दी टुर्नामेन्ट पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

विगतमा दुई वटा संस्करणमा पुरुष फुटबल प्रतियोगिता संचालन भएको खुदुनाबारी गोल्डकपको तेस्रो संस्करणमा यो बर्ष महिला फुटबल प्रतियोगिता संचालन भएको हो । यसअघि २०७४ र ०७५ मा खुदुनाबारी गोल्डकपको पहिलो र दोस्रो संस्करण सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय