सहकारी विद्यालय संचालनको बाटो खोलिदिन स्थानीय सरकारलाई न्यौपानेको आग्रह

Share :

झापा । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष सुव्रत न्यौपानेले सहकारी संस्थाहरुलाई विद्यालय संचालनको बाटो खोलिदिन स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।

संस्थाको को १०औं साधारणसभा अन्तर्गत बुधबार शनिश्चरे सेवा केन्द्रको प्रतिनिधि छनोट कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले यस्तो आग्रह गर्नुभएको हो ।

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा न्यौपानेले स्थानीय सरकार संचालन ऐन २०७४ मा समेत सहकारी विद्यालय संचालनको प्रावधान रहेको भन्दै अर्जुनधारा नगरपालिकामा पनि सोही प्रावधान अनुरुपको व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।


न्यौपानेले झापामा विर्तामोड नगरपालिकाले भर्खरै नगर शिक्षा ऐन मार्फत सहकारी विद्यालय संचालनको प्रावधान खुल्ला गरेको समेत बताउनुभयो ।

उहाँले अर्जुनधारा नगरपालिकाले पनि नगर शिक्षा ऐन निर्माण गर्दा सहकारी बिद्यालय संचालनको प्रावधान सहितको व्यवस्था गर्न नगरउपप्रमुख पराजुलीको ध्यानकर्षण गराउनुभयो ।

कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले अर्जुनधारामा नगर शिक्षा ऐन निर्माण भइनसकेकाले ऐन निर्माण गर्दा स्थानीय सरकार संचालन ऐन अनुरुप सहकारी विद्यालय संचालनको व्यवस्थालाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

उहाँले नगर शिक्षा ऐन निर्माणका क्रममा संम्बन्धित विज्ञहरुसंग समेत परामर्श गरेर उचित व्यवस्था गर्ने बताउनुभयो ।

झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले वि.स. २०७७ सालदेखि विर्तामोडमा मण्टेश्वरी विधिमा आधारित शिक्षा शिकोप निकेतन विद्यालय संचालन गरिरहेको छ ।

संस्थाले आगामी शैक्षिक सत्रदेखि आधारभुत तहका कक्षा संचालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय