शनिश्चरे सेवा केन्द्रमा शिक्षा सहकारीको प्रतिनिधि छनोट सम्पन्न

Share :

विर्तामोड । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. ले १०औं साधारणसभा अन्तर्गत बुधबार शनिश्चरे सेवा केन्द्रको प्रतिनिधि छनोट गरेको छ । अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जलेश्वर धामको सभाहलमा इकाइगत प्रतिनिधि छनोट कार्यक्रमको आयोजना गर्दै शिक्षा सहकारीले प्रतिनिधि छनोट गरेको हो ।

सहकारीका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा ५० जना प्रतिनिधि छनोट भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पराजुलीले सहकारीले बचत तथा ऋण कारोबार मात्र नगरी उद्देश्य अनुरुपका काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरुले नाफासँगै सामाजिक कार्यमा समेत विशेष कदम चाल्नुपर्ने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नि सिग्देलले सहकारीले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्दै साधारण सभाको सफलताको शुभकामना दिनुभयो ।


कार्यक्रममा संस्थाका अध्यक्ष सुव्रत न्यौपाने अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै लेखा समिति संयोजक युवराज निरौला लेखाको प्रतिवेदन र ऋण उपसमिति सदस्य चीजा राईले ऋण उपसमितिको प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका अध्यक्ष न्यौपानेले संस्था आर्थिक रुपमा सबल भएको बताउँदै बाह्य ऋण भन्दा पनि सदस्यको बचतलाई नै परिचालन गरेर सदस्यलाई नै ब्याज दिने नीति लिएको बताउनुभयो ।

मुख्य कार्यालयसहित ६ वटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको संस्थामा ४ हजार ६ सय १३ जना सदस्य छन् भने ३६ जना कर्मचारी कार्यरत छन् ।

कार्यक्रमा संस्थाका सल्लाकार संयोजक सावित्राकुमारी लिम्बू, सदस्य चन्द्रकला मिश्र, सञ्चालक समिति सदस्य लक्ष्मीप्रसाद घिमिरे, यज्ञप्रसाद मिश्र, लेखा समिति सदस्य लक्ष्मी देवान, महिला उपसमिति संयोजक उमा राई, सेवा केन्द्र प्रमुख अञ्जना घिमिरे लगायतको सहभागिता रहेको थियो ।

संस्थाका सञ्चालक समिति सदस्य चीजा राईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय