काठमाडौं । नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको हो ।
यस्तै, ४ हजार २ सय ८२ जनामा गरिएको परीक्षणमा ५ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।
२ सय ६९ जना निको हुँदा २८ हजार २ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
देशभर ४३ सय ५६ जना कोरोना संक्रमित छन् ।