अर्जुनधारा नगरपालिकाको प्रस्तावीत बजेट ७४ करोड १५ लाख

Share :

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थीक बर्ष २०७९/८० का लागि ७४ करोड १५ लाख ३ हजार २ सय ३० रुपौँया प्रस्तावीत बजेट नगरसभामा पेश गरेको छ ।

शुक्रबार आयोजित ११ औं नगरसभामा नगरपालिकाकी उपप्रमुख तथा बजेट तर्जुमा उपसमितिकी प्रमुख खड्गमाया पराजुलीले आगामी आर्थीक बर्ष २०७९/८० निति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट पेश गर्नुभएको हो ।


उहाँले चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरेर ७४ करोड १५ लाख ३ हजार २ सय ३० रुपौँया अनुमानीत बजेट नगरसभामा पेश गर्नु भएको हो ।

सभामा पेश भएको बजेटमा आय तर्फ नेपाल सरकारको विक्तिय समानिकरण वापत १९ करोड ११ लाख अनुमानीत आय निर्धारण गरिएको छ । त्यस्तै राजश्व बाँडफाँड बापत १२ करोड ४५ लाख १२ हजार, सर्शत अनुदान बापत २७ करोड ४१ लाख, विशेष अनुदान बापत २ करोड १० लाख र समपुरक अनुदान वापत ८० लाख अनुमानित आय निर्धारण गरिएको छ ।

त्यस्तै बजेटको व्ययतर्फ प्रशासनिक खर्चमा १५ करोड रुपैयाँ, नेपाल सरकारको सशर्त कार्यक्रममा २७ करोड ४१ लाख रुपैयाँ, प्रदेश सरकारको सशर्त कार्यक्रममा १ लाख २३ हजार रुपैयाँ, नेपाल सरकारको विशेष अनुदानबाट सञ्चालन हुने कार्यक्रममा दुई करोड १० लाख रुपैयाँ, समपूरक अनुदानबाट सञ्चालन हुने कार्यक्रममा ८० लाख रुपैयाँ, प्रदेश सरकारको समपूरक अनुदानबाट सञ्चालन हुने कार्यक्रममा एक करोड रुपैयाँ उल्लेख गरिएको छ । वित्तीय व्यवस्थामा ४० लाख रुपैयाँ, आर्थिक विकासमा १ करोड ५० लाख रुपैयाँ, पूर्वाधार विकासमा ५ करोड ५ लाख रुपैयाँ, संस्थागत विकास तथा सुशासनमा एक करोड २५ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड रुपैयाँ, सामाजिक विकासमा ४ करोड ४९ लाख ३० हजार २ सय ३० रुपैयाँ, समपूरक कोषमा २ करोड रुपैयाँ, साझेदारी कोषमा १ करोड रुपैयाँ, वडास्तरीय कार्यक्रममा ११ करोड रुपैयाँ उल्लेख गरिएको छ ।

अर्जुनधारा ८ शनिश्चरेस्थीत सामुदायी भवनमा नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङको अध्यक्षतामा नगरसभा संचालन भएको थियो । नगरसभाको अर्को बैठक यहि असार १६ गते बस्ने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय