जाजरकोटमा भएको जिप दुर्घटना ३ जनाको मृत्यु

Share :

काठमाडौं । जाजारकोटको जुनीचाँदे गाउँपालिमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

स्वास्थ्य चौकी गर्खाकोटमा उपचार गर्दागर्दै थप एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–६ की कालिका शाही छन्।

दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्य हुनेमा १९ वर्षीय दर्शन शाही र ४३ वर्षीया नाना गिरिको रहेको प्रहरीले बताएको छ ।


सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्र तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बको बोलेरो जीप वडा नं ५ को गर्खाकोट भन्ने स्थानमा दुर्घटनामा परेको थियो।

घटनामा ८ जना घाइते भएको र चारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय