आँबुखैरेनीमा सडक भत्किएको स्थानमा दुई पुरुषको शव फेला

Share :

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भत्किएको स्थानमा दुई पुरुषको शव फेला परेको छ । जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले सडक भत्किएको मर्स्याङ्दी नदी किनारमा दुई शव फेला परेको जानकारी दिनुभयो ।

तर मृतक दुवैको सनाखत हुन नसकेको उहाँले बताउनु भयो । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । गएरातिदेखि वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भत्किएको हो। यसका कारण राजमार्ग अवरुद्ध बनेको छ ।

सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले कार र मोटरसाइकल पहिरोमा परेको बताउनुभयो ।


मोटरसाइकल चालक भने सकुशल छन्। कार भने मर्स्याङ्दी नदीमा पुगेको थियो। घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय