बृहद अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान पाँचौं सृंखला अमेरीकामा हुँदै, के के हुन्छ ?

Share :

अर्जुन उप्रेती, झापा ।अमेरीकाको हेरिस्वर्गमा हुन लागेको बृहद अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान पाँचौं सृंखलाको बिषयमा पत्रकार सम्मेलन गरि कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।विश्व भूटानी साहित्य समाज (जिबिएलओ) बिभुसास हेरिस्वर्ग च्याप्टरको आयोजनामा हुन लागेको अनुष्ठानको बारेमा डिजिटल प्लेटफर्म जुम मार्फत पत्रकारहरुलाई जानकारी गराईएको हो ।

समाजको विकाशका लागी भाषानै प्रमुख बिषय रहेकोले भाषाको संरक्षण, सम्बर्धन र बिकाशले समाजको पनि सार्वभौम बिकाश हुने भन्दै कार्यक्रमलाई सफल बनाउन विश्वभरी रहेका नेपाली भाषि साहित्यकारहरुलाई एकै थलोमा भेला पार्न लागिएको आयोजक संस्था जिबिएलओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिए ।

अमेरीकाको हेरिस्वर्गमा आगामी जुलाई २९ देखी ३१ तारिख सम्म सञ्चालन हुने कार्यक्रममा पुस्तक बिमोचन, कार्यपत्र, सिद्धान्त माथि बहस, साहित्यिक साँझ सहित साँस्कृतिक साँझ र स्रष्टा भ्रमण गरि बिभिन्न उत्कृष्ट कार्यक्रमहरु राखिएको जिबिएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिए । यसका साथै यस पटक देखी नेपाली साहित्यमा बिशिष्ट योगदान गर्दै आएका अग्रजलाई सम्मान समेत गरिने जानकारी दिईएको छ । पहिलो पटक अग्रज साहित्यकार लिल बहादुर क्षेत्रीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड दिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।


कार्यक्रममा नेपालमै रहेर नेपाली भाषाको क्षेत्रमा विश्व समुदाय समक्ष परिचित प्रा.डा. गोविन्दराज भट्टराई, सिक्किमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङ, साहित्यकार मुक्ति बराल लगायतको सहभागीता रहने जिविएलओका महासचिव पातलो अन्तरेले जानकारी दिए । कार्यक्रममा भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा सहित्य बिभागका डिन प्रा. डा. कविता लामाले कार्यपत्र प्रस्तुत गर्ने र भारत, न्युजिल्यण्ड, क्यानाडा, मेक्सिको लगायतका देशहरुबाट समेत सहभागीता रहने कार्यक्रमका प्रचार सम्योजक अर्जुन प्रधानले जानकारी जानकारी दिए ।

विश्व भूटानी साहित्य समाज (जिबिएलओ)ले जारी गरेको प्रेश विज्ञप्ति

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय