बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मनोज प्रसाईं विजयी

Share :

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका मनोज प्रसाई विजयी हुनु भएको छ ।

प्रसाईले ३१०१ मतान्तरले नेकपा एमालेका मीरा भुर्तेललाई पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । प्रसाईले ११४०३ मत प्राप्त गर्दा भुर्तेलले ८३०२ मत प्राप्त गर्नु भएको थियो ।

उपाध्यक्षमा नेकपा एमालेका भवानी प्रसाद खतिवडा निर्वाचित हुनु भएको छ ।


खतिवडाले माओवादी केन्द्रका खड्गप्रसाद तिम्सिनालाई २८५८ मतान्तरले पराजित गर्दै गाउँपालिका उपाध्यक्षमा विजयी हुनु भएको हो ।

खतिवडाले ८०७४ मत ल्याउँदा तिम्सिनाले ५२१६ मत ल्याउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय