नगर योजना आयोग निर्माण गरि अर्जुनधारालाई समृद्ध र विकसित बनाउने बलदेवको प्रतिबद्धता

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले नगर योजना आयोग गठन गरि अर्जुनधारालाई समृद्ध र विकसित नगर बनाउने प्रतिबद्धता जनाउनु भएको छ । अर्जुनधारा ५ नम्बर वडामा शनिबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार गोम्देनले केन्द्रीय सरकारले संचालन गरेको राष्ट्रिय योजना आयोग जस्तै स्थानीय सरकारले पनि नगर योजना आयोग गठन गरेर नगरको समृद्धी र विकास गर्ने बताउनुभएको हो ।

उहाँले नगर योजना आयोगमा विज्ञहरुको टिम निर्माण गरि नगरको सम्भावनाहरुको पहिचान गरेर उचित र वैज्ञानीक ढंगबाट विकास गर्ने योजना रहेको बताउनुभयो । प्रदुषणरहित, बिषदीरहित नगर निर्माण गर्न र शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार लगायतका क्षेत्रको समान विकासकालागि आयोगले बिशेष भुमिका खेल्ने गोम्देनले बताउनुभयो ।

त्यस्तै गोम्देनले नगरपालिकामा आफुहरु विजयी भए प्रत्येक वडावडामा लोकसेवा आयोगको निशुल्क कक्षा संचालनगरि राष्ट्रसेवक कर्मचारी उत्पादन गर्ने योजना रहेको बताउनुभयो । बाटो बिजुली लगायतका भौतीक पूर्वधार मात्रै विकास नभएको बताउदै उहाँले नागरिकको जिवनस्तर बृद्धी र चेतना बृद्धीकालागि आफुहरुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।


१० नम्बर वडाको निर्वतमान वडाअध्यक्ष गोम्देनले आफु नेतृत्वको टिम नगरपालिकामा विजयी भएमा शनिश्चरे अस्पताललाई सुबिधा सम्पन्न बनाउने र प्रत्येक नगरबासीलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय