एमालेबाट अर्जुनधाराको मेयरमा बलदेव, उपमेयरमा खड्गमाया

Share :

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले बलदेव गोम्देन तामाङलाई मेयर पदको उम्मेद्वार बनाएको छ ।

अर्जुनधारा नगरपालिकाको १० नम्बर वडाको वडाअध्यक्षको रुपमा निर्वाचित भएसंगै उत्कृष्ट काम गरेर जनताको मन जित्न सफल गोम्देनलाई पार्टीले बलियो उम्मेद्वारको रुपमा चुनावमा पठाउने भएको हो ।

एमाले अर्जुनधाराले मेयर पदका लागि गोम्देनलाई यसअघिनै सर्वसहमतिले चयन गरेको थियो ।


नेकपा एमाले अर्जुनधारा नगर अध्यक्ष समेत रहनुभएका गोम्देन पछिलो समय पार्टीको प्रभावशाली नेताको रुपमा मानिनुहुन्छ ।

यूवाहरुमाझ लोकप्रिय रहनुभएका गोम्देनले एमालेबाट टिकट पाएसंगै अन्य दलका उम्मेद्वारहरुलाई भने टाउको दुखाईको बिषय बनेको छ ।

त्यस्तै एमालेले अर्जुनधारा नगरपालिकाको उपमेयर पदकालागि खड्गमाया पराजुलीलाई छनोट गरेको छ ।

हाल २ नम्बर वडाको वडा सदस्य रहनुभएकी पराजुली न्यायिक समितिकी सदस्य पनि हुनुहुन्छ ।

पार्टीले मेयर र उपमेयरको पदका लागि यूवा वर्गका नेताहरुलाई उम्मेद्वार बनाउने निर्णय गरेपछि अर्जुनधाराका एमाले कार्यक्रताहरुमा समेत खुशी छाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय