स्थानीय तह निर्वाचनमा भाग लिने दललाई आयोगको १७ बुँदे निर्देशन

Share :

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन जारी गरेको छ।

निर्देशनमा आयोगले उम्मेदवार चयन गर्दा अपनाउनु पर्ने मापदण्ड लगायतका विषयहरु समावेश गरिएको छ । आयोगले बुधबार दलहरुको नाममा निर्देशन जारी गर्दै लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न आग्रह गरेको हो ।

आयोगले घोषणापत्र लगायत दस्तावेजहरूमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्न पनि दलहरूलाई भनेको छ । स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये एक पदमा महिलाको मनोनयन गर्नुपर्ने व्यवस्था रहेको पनि आयोगले दलहरुल स्मरण गराएको छ ।


सरकारले २०७९ बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचन नजिकिएसँगै आयोगले निर्वाचनको तयारीका कामहरुमा तीब्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय