नेपालविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट सिरिजमा पीएनजीद्वारा क्लिन स्विप

Share :

काठमाडौं । नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला गुमाएको छ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा ३ विकेटले पराजित भएसँगै नेपालले श्रृंखला पाहुना टोली पिएनजीलाई सुम्पिएको हो। शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो।

शनिबार दोस्रो खेलमा नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पिएनजीले ८ बल बाँकी छँदै  ७ विकेट गुमाएर पूरा गर्‍यो।


उसका लागि लेगा साएकाले सर्वाधिक ९० रन जोडे। सेसे बाउले ३८, चाल्स अमिनीले ३५, रन बनाउँदा चाड सोपर १६ र नोर्मान भानु ११ रनमा नटआउट रहे।

नेपालका सोमपाल कामीले ३, पवन सर्राफले २, सन्दीप लामिछाने र आरिफ शेखले समान १-१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले। अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने उनी तेस्रा नेपाली खेलाडी हुन्। दिपेन्द्रले १ सय ४० बलमा १ सय ५ रनको महत्वपूर्ण योगदान दिए।

उनले ७ चौका प्रहार गरेका थिए। एक दिवसीयमा पहिलो अर्धशतक प्रहार गरेका देव खनालले ८६ बलमा ७२ रन जोडे । उनले ४ चौका र ३ छक्का हिर्काए। रोहित पौडेलले ३५ र भीम सार्कीले २६ रन बनाए।

कप्तान सन्दीप लामिछाने ९ बलमा २ चौका र १ छक्का मद्दतमा महत्वपूर्ण २४ रन जोड्दै अविजित रहे। आरिफ शेखले ४, अनिल साहले एक रन जोड्दा पवन सर्राफ र कुशल भुर्तेल शून्य रनमा आउट भए। सोमपाल कामी ३ रनमा नटआउट रहे।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय