झलनाथको निर्वाचन क्षेत्रमा आयोजित जनसभालाई केपी ओलीले सम्बोधन गर्ने

Share :

इलाम । आगामी चैत्र ६ गते इलामको सूर्योदय नगरपालिकामा हुने जनसभालाई नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेता तथा कार्यक्रतालाई सम्बोधन गर्दै छन् । नेकपा एकिकृत समाजवादीको सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा हुने वृहत जनसभामा १० हजार भन्दा बढि सहभागि रहने बताइएको छ ।

आमसभाको तयारीको बिषयमा जानकारी दिँदै नेकपा एमाले इलामका अध्यक्ष एवम इलाम नगर प्रमुख महेश बस्नेतले सूर्योदयमा केपी ओलीको पहिलो कार्यक्रम भएकाले उत्साहित रुपमा कार्यकर्ताहरु सहभागि हुने बताए । जनसभाको लागि स्टेज निर्माण लगायत अन्य व्यवस्थापकिय कामहरु पुरा भएको नेकपा एमालेले जनाएको छ । कार्यक्रमका लागि अध्यक्ष ओलीसंगै उपाध्यक्ष एवम पुर्वसभामुख सुवासचन्द्र नेम्बाङ समेत इलाम आउने तय भएको छ ।

कार्यक्रमका लागि चैत्र ६ गते भद्रपुर विमानस्थल हुँदै आउने ओली सोही दिन काठमाण्डौ फर्कने र नेम्बाङ जिल्लामा नै रहने बस्नेतले बताए । १० हजारको संख्यामा मानिसहरु सहभागि हुने भएकाले सहजताको लागि फिक्कल बजारमा २ वटा एलइडी स्क्रिम राखेर ओलीको सम्बोधन देखाउने जनाइएको छ । मञ्च व्यवस्थापन,साउन्ड सिस्टम र एलइडी लगायत सम्पुर्ण कार्यक्रम सम्पन्न गर्नका लागि करिब ५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।


जनसभाको लागि ९ उपसिमति गठन गरि काम अघि बढाइएको छ । सवारीसाधनको सहज आवागनको लागि समेत तयारी भएको नेकपा एमाले सूर्योदय अध्यक्ष दुर्गादेवी भट्टराईले बताइन ।

कार्यक्रममा इलामका विभिन्न क्षेत्र र छिमेकी जिल्लाबाट समेत कार्यकर्ताहरु स्वइच्छाले सहभागिता जनाउने बताइएको छ । सूर्योदय नगर कमिटीको आयोजना र नेकपा एमाले जिल्ला कमिटीको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । फिक्कल चोक बजारमा कार्यक्रम हुनेछ । जनसभासंगै पार्टी प्रवेशको कार्यक्रम समेत राखिएको भट्टराईले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय