माओवादीमा निर्वाचन प्रक्रिया सुरु : उम्मेदवारी दर्ता आजै

Share :

काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।

जसअनुसार आज बेलुकी ८ देखि साढे १० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आजै राति १०:३५ बजे उम्मेदवारीको दर्ता सूची प्रकाशन गरिनेछ।

उम्मेदवारको विरोधमा उजुरी दिन भोलि विहान ८ देखि साढे ८ बजेसम्मको समय तोकिएको छ ।


उम्मेदवारको अन्तिम नामावली भोली आइतबार विहान सवा ११ बजे प्रकाशन गरेपछि साढे ११ बजेदेखि साँझ ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिए।

आयोगले १७ सय ४२ जना प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय