एकीकृत समाजवादीको अर्जुनधारा अध्यक्षमा अर्जुन मेचे

अर्जुनधारा, १५ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अर्जुनधारा नगर अध्यक्षमा अर्जुन मेचे चयन भएका छन् । अर्जुनधारा ६ नम्बर वडाका जनप्रतिनिधि समेत रहेका मेचेको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन भएको हो ।


कमिटीको दुई उपाध्यक्षमा कुमार राय र किरण ओली चयन भएका छन् । त्यस्तै नगर सचिवमा कृष्ण लोहार चयन भएका छन् । उपसचिवमा खेम नेपाल, मञ्जु सञ्जेल र पूर्ण ताम्लिङ रहेका छन् ।

यसैगरी, युवा संघ नेपालको पनि नगर कमिटी गठन गरिएको छ । मनोज खनालको अध्यक्षतामा नगर कमिटी गठन गरिएको हो ।


युवा संघ नेपाल अर्जुनधारा उपाध्यक्षमा विजय राई र राम बानियाँ छन् भने सचिवमा दीपक श्रेष्ठ, सहसचिवमा कमल श्रेष्ठ र सञ्जय बानियाँ छनोट भएका छन् । त्यस्तै कोषाध्यक्षमा एन्द्रिका बेघालाई जिम्मेवारी दिईएको छ । अन्य १४ जना नगर सदस्य रहेका छन् ।

पार्टी केन्द्रीय कमिटी सदस्य तथा झापा सह इन्चार्ज लोकबन्धु कन्दङ्वाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा अग्रज कम्युनिस्ट नेता अम्बिका खतिवडा, खेलकुद महासङ्घका केन्द्रीय सदस्य धर्म सिवाकोटी, युवा सङ्घ नेपालका केन्द्रीय सचिव प्रत्युस राना, झापा पार्टी अध्यक्ष बेदराज रेग्मी, प्रचार बिभाग प्रमुख तथा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, युवा नेता होम दुलाल, युवा सङ्घ केन्द्रीय सदस्य दुर्गादेवी थापा, राजन थापा र युवा संघ झापाका अध्यक्ष सुनिल थापालगायतको आतिथ्यता रहेको थियो ।

नगर कमिटीलाई पार्टी अध्यक्ष वेदराज रेग्मीले र युवा सङ्घका पदाधिकारीलाई केन्द्रीय सदस्य दिपक दुलालले सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
190
सम्बन्धित

लोकप्रिय

लोकप्रिय