पहिरोमा ज्यान गुमाएकाका परिवारलाई सहयोग वितरण

Share :

पाँचथर । कात्तिकको पहिलो साता गएको बाढीपहिरोमा परी ज्यान गुमाएका जिल्लाका ३३ जनाका परिवार तथा आफन्तलाई पाँचथर समाज काठमाडौंले आर्थिक सहयोग गरेको छ ।

जिल्लाको मिक्लाजुङ गाउँपालिकाका २४, फाल्गुनन्द गाउँपालिकाका ४, फिदिमका ४ र कुम्मायकका १ गरी ३३ जना मृतकका आफन्तलाई पाँचथर समाजले नगद सहयोग गरेको हो । समाजले प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद सहयोग गरेको जनाएको छ ।

समाजले सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिको रोहवरमा सहयोगस्वरुप रकम हस्तान्तरण गरेको समाजका अध्यक्ष होमकुमार लावतीको भनाइ छ । अध्यक्ष लावती, उपाध्यक्ष निर्मल रिजाल, महासचिव लक्ष्मीराज तावा र कोषाध्यक्ष आशा नेम्वाङले सम्बन्धित गाउँपालिकामा पुगेरै मृतक परिवारलाई नगद उपलब्ध गराएका थिए ।


यसबाहेक नेकपा एमाले जिल्ला कमिटी पाँचथरले पनि मृतक परिवारलाई १० हजारका दरले नगद सहयोग गरेको जनाएको छ । बेमौसमी झरीसँगै गएको बाढी र पहिरोका कारण पाँचथरमा ३२ जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता छन् । इकान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय