महाकाली नदीमा चारवटा झोलुंगे पुल निर्माण प्रक्रिया अघि बढिसक्यो : गृहमन्त्री खाँड

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीमा ४ वटा झोलुंगे पुल निर्माण प्रक्रिया थालनी भइसकेको बताएका छन्।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री खाँडले भने, ‘महाकाली नदीमा ४ वटा तुइन, विस्थापित गरेर झोलुंगे पुल निर्माण थालनी प्रक्रिया अघि बढेको छ। दार्चुला जिल्लामा व्यास गाउँपालिका २ को जयसिंह धामीको तुइन तर्ने बेलामा खोलामा बेपत्ता भएका छन्।

हिँडेर जाँदा २ दिनको समय लाग्ने भएकाले धामीको टोलीले तुइन तर्न बाध्य भएको उनको भनाइ छ। बेपत्ता धामीको भारततर्फ पनि एसएसबीले पनि खोजी भइरहेको बताए।

दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल -एसएसबी_ले तुइन खोलिदिँदा धामी महाकाली नदीमा बेपत्ता भएका थिए। बेपत्ता भएको घटनाबारे भारतीय पक्षले एसएसबीको घटनामा कुनै संलग्नता नरहेको भन्दै लिखित पत्र पठाएको छ।

घटनाका दोषीलाई कारबाही गर्न व्यापक विरोध भइरहेको छ। तर, अध्ययन टोलीलाई १० दिनको समय दिएर घटनास्थल पठाइसकेको बताए। गृह मन्त्रालयले आइतबार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
745
सम्बन्धित

लोकप्रिय

लोकप्रिय